देश बिदेशमा रहनुभएका पर्वतेली लगायत सम्पूर्ण नेपालीहरुमा नमस्कार बैदेशीक रोजगार , अध्ययन , व्यबसायको शिलशिलामा जापानमा रहनु भएका पर्वतेलीहरुको भाईचाराको बिकास , आपसी सम्बन्ध र पर्वत जिल्लाको समृद्धीका निमित्त केहि गर्न सकिन्छ कि भन्ने उध्येश्यका साथ सन् २००९ मा टोकीयोमा पर्वत समाज जापानको स्थापना गरिएको थियो । राजनैतिक , जातिय लैगिंक भेदभाव देखि टाढा राखी आजको दिन सम्म आएका छौ ।
जापानमा रहेका पुराना केहि सक्रिय संस्थाहरु मध्य एक पर्वत समाज जापानको संस्थापक सचिव बाट उपाध्यक्ष हुदै २०१७ डिसेम्वर ३१ तारिक सम्पन्न अधिबेशन बाट संस्थाको नेतृत्व गर्ने जिम्मा पाएको छु । पर्वत समाज जापानको स्थापनाकाल देखी नै मेरो स्पष्ट धारणा के रहेको छ भने समाजको मुख्य उधेश्य जापानमा रहेका पर्वतेली लगायत सम्पूर्ण नेपालीहरुको सुख दु:खमा साथ दिदै परदेशी भुमीमा आफ्नोपनको आभाष दिलाई एक्लोपनले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाको कमी गर्नु हो । यसै अनुरुप धेरै हद सम्म हामी सफल पनि भएका छौ । समाजले बार्षिक रुपमा गर्ने बार्वेक्यू , हानामी , तिजमा दर खुवाउने जस्ता कार्यक्रमले आफ्ना गाउले साथीभाई हरु संग भेटि गाउघरका कुरामा छलफल गर्दा धेरै जना रिफ्रेस हुने गरेको हामीले पाएका छौ ।
यस बाहेक भैपरि आउदा जापान मै रहेका पर्वतेली या नेपालमा प्रकृती प्रकोप लगायतका बिपत्तीको बेलामा सहयोग गरै आईरहेका छौ । पर्वत मात्र नभएर देशका बिभिन्न भागमा आईपर्ने बिपत्तीमा सानै भएपनि सहयोग गर्ने क्रम जारि नै छ ।हामी अन्तराष्ट्रिय पर्वत संग पनि सहकार्य गर्दै अगाडि बढिरहेका छौ । छोरी पढाऔ अभियानमा सहकार्य गर्दै सहयोगी हातहरुको खोजी गरि अभियानमा हातेमालो गर्दैछौ ।
अन्त्यमा पर्वत समाज जापान बिशुद्ध सामाजिक संस्था रहेको यहाहरु समक्ष जानकारि गराउदै , यो संस्था अस्वस्थ राजनैतिक प्रतिस्प्रधा देखि टाढा रहि समग्र पर्वत जिल्लाको समृद्धि , पर्वतेलीहरु राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सफल , सक्षम र सवल बनि पर्वत जिल्ला, नेपाल र नेपालीका निमित्त जिम्मेवार बन्नु र बनाउने कार्यमा कटिबद्ध रहेको पर्तिबद्धता व्यक्त गर्दछौ ।
धन्यबाद
Upcoming Events
A PHP Error was encountered
Severity: Warning
Message: count(): Parameter must be an array or an object that implements Countable
Filename: front/cms.php
Line Number: 103
Backtrace:
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/cms.php
Line: 103
Function: _error_handler
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/Cms.php
Line: 92
Function: view
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once
Links
Links of other parbat samaj