पर्वत समाज जापानको कार्यसमिति विस्तार

 

पर्वत समाज जापानले कार्यसमिति विस्तार गरेको छ । समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा जनवरि २८ मा बसेको नियमित बैठकले कार्यसमिति सदस्य थप तथा सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा डा. पूर्ण बहादुर कार्की, रमेश काफ्ले, सुरेश कुमार प्रधान, संगिता के सी, हेम क्षेत्री, ध्रुब सुवेदी, शिव शर्मा रहेका छन भने सल्लाहकारमा सफल व्यवसायी तथा समाजसेवी महेश श्रेष्ठ, एनआरएन जापानका पूर्व अध्यक्ष तथा हाल आईसिसि काउन्सिल सदस्य ओम गुरुङ तथा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहेका छन् । बैठकले समाजको नियमित बार्षिक कार्यक्रमहरुको निरन्तरता दिदै उपयुक्त दिन हानामि हानामी (साकुरा हेर्ने कार्यक्रम) कार्यक्रम गर्ने, स्थापना काल देखि नै निरन्तर गर्दै आईरहेको बार्बेक्यू कार्यक्रम जुलाई १५ तारिकमा गर्ने र तिजको अबसरमा दर खाने दिन मै दिदिबहिनीहरुलाई दर खुवाउने निर्णय पनि गरेको छ ।

 

बैठकले आगामी नेपाली नया बर्षमा पर्वत समाज जापानद्वारा नेपाली क्यालेन्डर बनाउने र यसका निमित्त समाजका कोषाध्यक्ष वसन्त कुमार जोशीको संयोजकत्वमा महासचिब जनक सुवेदी र सदस्य मुक्ती सापकोटा सदस्य रहने गरि जिम्मेवारी दिईएको छ । यस्तै जापानमा भैपरि आउने घटनामा सहयोग गर्नका निमित्त प्रत्येक घटनामा कार्यसमिती सदस्यहरु बाट सहयोग उठाई अबश्था हेरि न्यूनतम १०००० येन सहयोग गर्ने निर्णय गरिएको जानकारि समाजका प्रवक्ता रविन शर्माले जानकारि दिए ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj