पर्वत समाज जापानको बैठकका बिभिन्न निर्णय

 

जेठ १६ जापान । पर्वत समाज जापानको नियमित बैठक सम्पन्न भएको छ । मे महिनाको २७ तारिकका दिन सम्पन्न भएको बैठक बाट आगामी कार्यक्रम तथा कार्ययोजना तर्जुमा गरिएको छ । समाजका अध्यक्ष सुजन जोशीले बैठकमा सस्थाको आर्थिक पक्ष सबल बनाऊने तथा सञ्जाल निर्माण सम्बन्धमा गहन छलफल भएको बताउनुभयो । 

जोशीका अनुसार समाजले भित्ते पात्रो पनि बितरण गरेको थियो । भित्ते पात्रोका निम्ति जापानबासी नेपालीहरुले कार्यसमितिका पदाधिकारीहरु संग सम्पर्क राख्न सक्ने छन । जापानबासी सम्पुर्ण नेपालीहरुलाई एउटै थलोमा जमघट गराएर आउँदो जुलाई ८ तारिक आईतबारका दिन हिकारिगाओका पार्कमा बार्बेक्यू गरिने कुरा संस्थाका उपाध्यक्ष सुबास लामिछानेले बताउनुभयो । 

स्मरण रहोस पर्वत समाज जापनको स्थापनाकाल देखि नै संस्थाले बार्षिक रुपमा बार्बेक्यू गर्दै आईरहेको छ । नेपालमा पर्यटन प्रबर्र्दन गर्न जापानमा रहेका पर्यटन सम्बन्धि संस्था तथा अग्रज ब्यक्तीहरु संग छलफल गर्ने कुरा संस्थाका महासचिव जनक सुबेदीले बताउनुभयो । 

पर्वत समाज जापानको बार्षिक कार्यक्रम बिबिक्यूमा सम्पुर्ण जापानबासी नेपालीहरु तथा नेपाल र नेपालीलाई माया गर्ने बिदेशीहरुलाई जुलाई ८ तारिक हिकारिगाओका पार्कमा आउन संस्थाका अध्यक्ष सुजन जोशीले अनुरोध गर्नुभएको छ ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj