पर्वत समाज जापानको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

 

पर्वत समाज जापानको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

पर्वत समाज जापानले जापान भ्रमण रहनु भएका गण्डकी प्रदेशका पर्यटन, उधोग, बन तथा वातावरण मन्त्री विकाश लम्साल तथा प्रकृति संरक्षण कोषका पुर्व सदस्यसचिव जुद्द गुरुङ ज्यूको जापानमा स्वागत तथा दशै तिहार शुभकामना आदन प्रदानकार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्रि लम्सालले कल्चर र नेचरको उपयोग गर्दै गण्डकी प्रदेशमा २०२२ सम्म २० लाख पर्यटन भित्राउने लक्ष्य सहितको योजना बनाई २२ करोड़ विनियोजन गरी काम शुरु गर्ने जानकारी दिनु भएको छ । उहॉले प्रदेशमा रहेका उधोग र उर्जालाई कसरी बढाउन सकिन्छ त्यसको डिपिआर तयारी गर्ने र आउदो बर्षमा लगानि सम्मेलन गर्ने योजना रहेको जानकारी दिनु भयो ।अन्तराष्ट्रीय ताल संरक्षणको सेमिनारमा सहभागि हुन जापान आउनु भएका मन्त्रि लम्सालले बन संरक्षणबाट हुने सम्बृद्दी र रोज़गारका बारेमा सोध शुरु गरिने जानकारी दिनुभयो।कार्यक्रममा प्रकृति संरक्षण कोषका पुर्व सदस्य सचिव जुद्द गुरुङले नेपालमा रहेको संरक्षणहरु क्षेत्रहरुबाट रोज़गार र आम्दानिको योजनाहरु बनाई लाग्नु पर्ने बताउनु भयो ।

पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेको पर्वतेहरु सहित प्रवासि नेपाली मंचका अध्यक्ष तथा पर्वत समाज जापानका पूर्व सल्लाहकार हाल पर्वत पैयु गाउपालीका वडा नं  ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघ जापानका अध्यक्ष तथा पर्वत समाज जापानका सल्लाहकार मोहन घले , जनप्रगतिशिल मोर्चाका अध्यक्ष हवल चन्द्र लामा, त्यस्तै मोर्चाका पुर्व अध्यक्षहरु अरुण श्रेष्ठ, वेलुकाजी थापा, ऑपचौर समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रवासि नेपाली मंचका बाबुराम भन्डारी, लगायतका वक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन समाजका महासचिब जनक सुबेदीले गर्नुभएको जानकारि पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले पर्वत नेपाल डट कमलाई दिनुभयो ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj