नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०`` विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को कार्यक्रम टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्त ५ तारिख आईतवार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल  हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा संस्कृति तथा पर्यटन मन्त्रालय का उप सचिव पुस्प कटवाल रहनु भएको थियो। अन्तरक्रिया कार्यक्रमलाई दुई भागमा सञ्चालन गरिएको थियो। पहिलो भाग मा नेपाल जापान पर्यटन अध्ययन केन्द्रका सदस्यहरू बाट कार्यपत्र प्रस्तुत गरिएको थियो। जसमा विष्णु खनालले नेपालमा पर्यटनको वर्तमान अवस्था, चुनौती र अवसरहरू को बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने बिशेश्वर रेग्मीले जापान को पर्यटन बजार बिषेशता एवं छिमेकी देशको बजार प्रबर्धन रणनितिबाट नेपालले के पाठ सिक्न सक्छभन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। अन्तिममा संजीव राज खनाल ले जापानको पर्यटन को उदाहरण दिँदै नेपालको पर्यटन प्रवद्र्धनमा डिजिटल मार्केटिङ को बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। पहिलो चरणको कार्यक्रम बाबुराम पौडेल ले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि हरुलाई सुजन जोशी ले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।यस अन्तरक्रिया कार्यक्रममा सभापतिको आसन ग्रहण एकेन्द्र थापा ले गर्नु भएको थियो। कार्यक्रमको दोश्रो भाग लाई सामूहिक छलफल को रूपमा सञ्चालन गरिएको थियो।जसमा जापान स्थित नेपाली राजदूतावासको तर्फबाट उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, संस्कृति तथा पर्यटन मन्त्रालयको तर्फबाट पुष्प कटुवाल, एन आर एन जापान को तर्फबाट वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, आई टी विज्ञ डा वेद काफ्ले , व्यवस्थापन विज्ञ डा भूपालमान श्रेष्ठ, तथा एन आर एन आई सी सी सदस्य तथा जापानमा सफल व्यवसायी महेश श्रेष्ठ को सहभागिता रहेको थियो भने। अर्को तर्फ नेपाल जापान पर्यटन अध्ययन केन्द्र को तर्फबाट विष्णु खनाल, बिशेश्वर रेग्मी र संजीव राज खनाल ले छलफल मा सहभागिता जनाउनु भएको थियो। कार्यक्रम मा प्रस्तुत कार्यपत्र माथि सपूर्ण अतिथि हरुले टिप्पणी गर्नु का साथै सहभागी हरुबाट सोधिएका प्रश्नको सबन्धित विज्ञ हरुले उत्तर दिनु भएको थियो। भने हामी प्रवासमा बसेर भएपनि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु हामी सबैको कर्तव्य भएको कुरामा सबैको एकमत थियो। दोश्रो चरणको कार्यक्रमको सञ्चालन डा भरत नेगी ले गर्नु भएको थियो। आजको कार्यक्रम मा प्रस्तुत कार्यपत्र, त्यसमाथि विभिन्न क्षेत्रका प्रतिनिधि तथा विज्ञ हरुको टिप्पणी तथा सुझाव र सहभागी हरुबाट आएका प्रश्न तथा सुझाव हरुलाई समेटेर एउटा रिपोर्ट तयार गरी समन्धित निकाए, नेपाल राजदुताबास जापान, संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड मा पेश गरिने कार्यक्रम का संयोजक विष्णु खनाल ले बताउनु भयो। यस अन्तरक्रिया कार्यक्रमको निष्कर्ष ले जापान लगाएत प्रवास मा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा आयोजकहरु ले लिएका छन्।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj